arrow

कुमारी बैङ्क र रोडीयो क्याफे एण्ड बारबीच सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
kumari-bank-mou-2078.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकलाई सेवाहरूमा कुमारी बैङ्कका डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

कुमारी बैङ्कका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका छन्। सो सम्झौता बमोजिम कुमारी बैङ्कका ग्राहकले खुसिबस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।

जिन्दगीको निरन्तर भाग दौडमा थकित तन र मनलाई क्रियाशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक ऊर्जा र सचेतना पूर्ण जागरणका लागी विश्राम अत्यावश्यक रहेको छ। सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैङ्कले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत रोडीया क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न सेवाहरूमा बैङ्कका डेबिट-क्रेडिट कार्ड ग्राहकलाई  आकर्षक छुटको व्यवस्था गरेको हो।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैङ्किङ इकाई तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ