arrow

मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
accident-final.jpg

पोखरा । पोखरा आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रोल्पा सुनछहारी गाउँपालिका वडा नं. १ घर भई हाल पोखरामा बस्ने वर्ष ३८ का सागर बुढाथोकी र उनकी छोरी वर्ष १५ की सम्झना बुढाथोकी रहेका छन् ।

उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । आज दिउसो १ बजे स्याङ्जाबाट पोखरा आउँदै गरेको ग७प ९६५९ नम्बरको मोटरसाइकल पुतलीबजार नगरपालिका-१० राङखोलास्थित सिद्वार्थ राजमार्गमा आफै अनियन्त्रित दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

मोटरसाइकल सडकबाट पाँच मिटर तल खसेको वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ