arrow

कांग्रेसले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन :भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
govinda-bhattrai.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको अहिलेसम्म कांग्रेसले राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो बैठक पनि बसेको छैन् । पार्टीले महाभियोगको बारेमा छलफल नै भएको छैन् । न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन् । बरु, न्यायालय पूनसंरचना गर्नुपर्छ ।’

 उनले न्यायालयको पूनःसंरचनाको कुरा उठाउनुको कारण भने प्रधानन्यायाधीशले मात्रै नभएर बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने रहेकोतर्फ संकेत गरेका छन् ।  

उनले भने,‘केही दिनदेखि न्यायालयको विषयमा प्रश्न उठेका छन् । न्यायालय सबैले विश्वास गर्ने हुनुपर्छ । यसको प्रतिष्ठा राम्रो हुनुपर्छ । न्याय पद्धती पारदर्शी हुनुपर्छ भन्ने हाम्रो भनाई रहँदै आएको छ। यसमा हामी अहिलेपनि त्यही धारणा राख्छौं । न्यायालयको स्वतन्त्रता, निश्पक्षताप्रति हामी प्रतिबद्ध छौं ।’

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे कांग्रेसको धारणा के हो भनेर सोधिएको प्रश्नमा उनले भने,‘यो विषयमा दलहरु निश्चित रुपमा सहमत भएर अघि बढ्नुपर्छ । यो पाटोमा अहिले नै प्रवेश गर्नुपर्छ भन्ने लाग्दैन् । यो विषयमा हाम्रो पार्टीले दृष्टिकोण निर्माण गरेको छैन् । आजको दिनमा सभापतिले कुनै प्रतिक्रिया दिनुभएको छैन् । अहिले न्यायाधीशहरुले ईजलास बहिष्कार गर्नुभयो, यो नौलो घट्ना हो । यो नीति र दलविशेषको कुरा होईन । सर्वोच्च अदालतको पूनसंरचना र न्यायालयको पूनसंरचना आवश्यक छ । यो घट्नाक्रमले पनि यो संकेत गरेको छ । न्यायलयलाई सक्षम बनाउन, विश्वास जगाउन, न्यायमा शुद्धता दिनको निम्ति दलहरुले अब सोच्न जरुरी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ