arrow

मङ्गलवार ११ जनाको निधन, चार जिल्लामा पाँच सय बढी संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
corona-variant.jpg

काठमाडौँ । मङ्गलवार कोरोना संक्रमणबाट ११ जनाको निधन भएको छ । योसँगै अहिलेसम्म संक्रमणबाट ११ हजार ३७२ को निधन भएको छ । 

नेपालमा पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १० रहेका छन् । 

पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.५ प्रतिशत रहेको छ । संक्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ६६६ मा संक्रमित देखिएका छन् ।  १२ हजार २० मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पाइएको हो । मङ्गलवार थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार २९६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६२२ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार ६३० रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ । 

अहिलेसम्म ८६ लाख ३२ हजार २९३ पहिलो मात्रा र ६७ लाख नौ हजार ९०५ पूर्ण मात्राको खोप लगाइसकेका छन् । 



नयाँ