arrow

'प्रन्या जबरा र न्यायाधीशहरूबिच द्वन्द्व चल्नु विडम्बना'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
cholendra-rana-chief-justic.jpg

काठमाडौँ । न्यायालयमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा र बाँकी न्यायाधीशहरू बिच द्वन्द्व चल्नु विडम्बनाको अवस्था भएको राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले बताएका छन् । मङ्गलवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बिडारीले यस्तो बताएका हुन् । 

उनले भने,‘वास्तवमा प्रधानन्यायाधीश र सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरू बिच जुन प्रकारको द्वन्द्व चलेको छ, यो विडम्बनाको अवस्था हो ।' 

'प्रधानन्यायाधीश भनेको न्यायपालिकाको नेता हो । न्यायालयभित्र यत्रो वितण्डा आउनु, पूर्व प्रधानन्यायाधीश हरुले जबराले न्यायालय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीश हरुले समस्त इजलास बहिष्कार हुनु विडम्बना हो । 

उनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए । उनले भने,‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ