arrow

सरकार एकसय दिनमै असफल भइसक्यो : सुवास नेम्बाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
subash_Nembang.jpg

इलाम । संबिधान सभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले सय दिनमा सरकार असफल भइसकेको बताएका छन् ।

नेकपा एमाले प्रथम माई नगर अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले भुमी आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजनालगायत खारेज गरेर जनविरोधी काम गरेको उनको आरोप थियो । सरकारले तीन महिनामा सिन्को भाच्ने काम नगरेको उनले आरोप लगाए ।

नेम्वाङले बर्तमान सरकार जनादेशबाट आउन नसकेको भन्दै विश्वकै इतिहासमा सर्बोच्च अदालतको आदेशमा नेपालमा बनेकोमा सर्वोच्चको भुमिकाबारे आफुले केही भन्नु नपर्ने बताए । जनताले एमालेलाई झ्याल र भ्यान्टीलेशनबाट आउन जनादेश नदिएको भन्दै आगामी निर्वाचनमा मुल ढोकाबाट सिंहदरबार छिर्ने ठोकुवा गरे ।

इलाम क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेम्बाङले पार्टी ब्यबसाय नभई सामाजिक सेवाको क्षेत्र भएकाले ब्यक्ति भन्दा पार्टी ठूलो र पार्टी भन्दा देश ठूलो हुने भएकाले कार्यकर्तालाई सोही अनुसार लाग्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष राम रानाले एमाले सरकारले जनमैत्री काम गरेको बताउदै सहमति र सहकार्यमा नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ