arrow

न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेका बेला प्रधानन्यायाधीशले तोके ११ इजलास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
supreme-court-news.jpeg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विवादकैबीच बुधबार ११ इजलास तोकेका छन् । तीन दिनयता न्यायाधीशहरु इजलास नै नगइरहेका बेला जबराले इजलास तोकेका हुन् ।

अन्य न्यायाधीशहरुले पेसी बहिष्कार गरिरहेकाबेला प्रधानन्यायाधीश जबराले बुधबार आफू मात्रै रहने पूर्ण इजलासमा पनि पेसी तोकेका छन् ।

जबराको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै सोमबार र मंगलबार न्यायाधीशरु इजलास नगइ प्रधानन्यायाधीशलाई भेटेर मार्ग प्रसस्त गर्न सुझाव दिएका थिए ।

तर बुधबार जबराले आफ्ना लागि ५ वटा मुद्दा राखेर पेसी तोकेका छन् । तर अन्य न्यायाधीशहरुले पेसी बहिष्कार गर्ने गरी बिहान ११ः३० बजेलाई बैठक बोलाएका छन् ।

यता, कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले जबरा प्रधानन्यायाधीश रहेसम्म मुद्दामा बहस नगर्ने निर्णय गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ