arrow

न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छ : देउवा

सबै न्यायाधीशको राजीनामा माग्नु गैर जिम्मेवार अभिव्यक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
ser-bahadur-deuwa.jpg.jpeg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बुधबार तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले न्यायालयका विषयमा राजनीतिक दलले बोल्नु धेरै आवश्यक नभएकोसमेत बताए।

‘हाम्रो पाँच पार्टीको गठबन्धन छ, अदालतका विषयमा उठेका सवालहरू छन्, न्यायालयका सम्बन्धमा सरसल्लाह गरेर जान्छौँ, धेरै कुरा गर्नु छैन,’ प्रधानमन्त्री देउवाले भने।

परमादेशको विषय उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति विपक्षी दलका नेता केपी ओलीले दिएको भन्दै देउवाले जथाभाबी बोल्नु आवश्यक नरहेको तर्क गरे।

‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई,’ प्रधानमन्त्री देउवाले भने।

उनले परमादेशले संविधान, राष्ट्र र प्रजातन्त्रलाई बचाएको दाबीसमेत गरे। देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको भन्दै अदालतका विषयमा धेरै बोल्नु आवश्यक नहुने बताए।

सो क्रममा देउवाले गजेन्द्र हमाल आफ्नै दलको मान्छे भएको भन्दै हमालको बचाउ पनि गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ