arrow

प्रधानन्यायाधीशको इजलासमा मात्र सुनुवाइ

logo
रासस,
प्रकाशित २०७८ कार्तिक १० बुधबार
cholendra-rana-chief-justic.jpg

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा बुधवार सुनुवाइ भएको छ । अरू इजलासमा भने सुनुवाइ हुन सकेको छैन । सोमबार र मङ्गलवार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य न्यायाधीशलाई पनि पेसी तोकेका छन् । ती कुनै पनि बेन्चमा सुनुवाइ भएको छैन । पेशीमा तोकिएको ठाउँमा बेन्च बस्न नसकेको भनेर उल्लेख गरिएको छ । 

प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले इजलास सुनुवाइ गर्न इन्कार गरेका छन् ।

 प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी दिएकाले त्यो पूरा गर्न आफू सक्षम रहेको बताएका छन् । 

उनले न्यायाधीशहरुलाई संविधान र कानुनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । 

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा-टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ