arrow

बृहत् नागरिक आन्दोलनको आव्हान: प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
cholendra1.jpg

काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनले वर्तमान सङ्कट निदानका लागि जागृत बार एसोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै उसले न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको हो ।

नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामा व्याप्त न्यायिक विचलनका कारण न्यायपालिकाप्रति घट्दो जनआस्थाबिच सर्वोच्च अदालतमा इजलास बस्न नसक्ने दुरावस्था सिर्जना भएको ठहर गर्दै अविराम रूपमा न्याय पाउने जनताको नैसर्गिक हकमाथि असाधारण अवरोध आएको यो अवस्थाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

ुन्यायपालिका न्याय सम्पादन गर्ने निकाय मात्र नभई, शक्ति पृथकीकरणको जगमा राज्य व्यवस्थालाई जबाफदेही बनाउने माध्यमसमेत हो। उच्च नैतिक चरित्र, मर्यादा र आचार संहिताको बलमा जनताको अन्तिम आड भरोसाका रूपमा रहनुपर्ने न्यायालयका तिनै आधारभूत चरित्रप्रति आज सर्वत्र सन्देह छाएको छ,' विज्ञप्तिमा भनिएको छ,'न्यायपालिका आफैँ विकृत बन्दै गएको, देशमा न्याय किनबेचको वस्तु हुन पुगेको आम गुनासोबिच सर्वोच्च अदालतका न्यायाधीशहरू सम्मिलित समितिले अदालतभित्र भ्रष्टाचार हटाउन दिएका विधि र उपायहरूको सुझाव प्रधानन्यायाधीशले अस्वीकार गर्नुले अवस्थाको गम्भीरता दर्साएको छ’।

त्यस्तै आन्दोलनले प्रधान्यायाधीश जबरा प्रतिनिधिसभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्तीपूर्ण व्यवहारको मतियार बनेको आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ