arrow

समाजवादी पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
madhav-kumar-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा असन्तुष्ट रहेका केही नेताहरूलाई जिम्मेवारी हेरफेर गरेका छन्। उनले मञ्जु यादव लगायतका नेताहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।

त्यसै गरी प्रेस चौतारी नेपालका सचिव अमृतकुमार तिमिल्सिनालाई पनि केन्द्रीय सदस्य बनाएका छन्। त्यतै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई १० बुँदे निर्देशन दिएका छन्। बुधवार अन्तर पार्टी निर्देशन मार्फत उनले आफ्ना पार्टीका मन्त्री उक्त निर्देशन दिएका हुन्।

समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री भएका छन्। सरकारमा रहेर देश र जनताको निम्ति राम्रो काम गर्न सकियोस् भन्ने उद्देश्यले पार्टीको तर्फबाट सङ्घीय सरकारमा सहभागी मन्त्रीलाई पार्टी अध्यक्षले निर्देशन दिएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ