arrow

प्रधानन्यायाधीश जबराले तोके आफूसहितका इजलास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका इजलास तोकेका छन्। उनले आफ्नो एकलसहित १६७ पेशी तोकेका हुन्।

विहीबारका लागि उनले बृहत् पूर्ण इजलास, संयुक्त इजलास साथै एकल इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका छन् ।

पदबाट राजीनामा दिनुपर्ने चर्को दबाबमा परेका जबराले विवादकैबीच बुधबार पनि ११ इजलास तोकेका थिए । जसमध्ये जबराको एकल इजलासमा सुनुवाइ भए पनि अन्य इजलासमा भने सुनुवाइ हुन सकेन् । सोमबार र मङ्गलवार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन । बुधबार उनले आफ्नो एकल इजलासमा पाँचवटा निवेदनमा सुनुवाइ गरेका थिए।

गएको सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएपछि सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका थिएनन् । तर बुधबार भने पेसी तोकेका थिए ।  प्रधानन्यायाधीश जबरामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ