arrow

सिया मुस्लिमहरूलाई जताततै निशाना बनाइने आईएसआईको चेतावनी

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
isis-iraq-syria.jpg
फाइल तस्बिर

काबुल। इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) वादाएसले एक विज्ञप्ति जारी गर्दै सिया मुस्लिमहरू खतरनाक भएको र उनीहरूलाई जताततै निशाना बनाइने चेतावनी दिएको छ। 

अल नाबा, समूहको साप्ताहिकले चेतावनीसहितको विज्ञप्ति प्रकाशित गरेको छ। सिया मुस्लिमहरूलाई उनीहरूको घर र केन्द्रहरूमा निशाना बनाइने खामा प्रेसले रिपोर्ट गरेको छ।

उक्त विज्ञप्तिमार्फत विशेष गरी अफगानिस्तानमा बस्ने सिया मुस्लिमहरूलाई धम्की दिइएको हो। बगदाददेखि खोरासानसम्म, सिया मुस्लिमहरूलाई जताततै निशाना बनाइने आइएसआईएसले जनाएको हो। 

खामा प्रेसका अनुसार तालिबानले अफगानिस्तान नियन्त्रण लिएपछि खोरासान अफगानिस्तानमा शान्तिको लागि सबैभन्दा ठुलो खतरा बनेको छ। अफगानिस्तानको कान्दाहार प्रान्तको एक सिया मस्जिदमा शुक्रवार भएको शक्तिशाली विस्फोटमा ६० भन्दा बढी उपासकको मृत्यु हुनुका साथै ८० भन्दा बढी घाइते भएपछि यो चेतावनी आएको हो। 

उक्त मस्जिद आक्रमणको जिम्मा आईएसकेले लिएको थियो। अक्टोबर ८ मा अफगानिस्तानको कुन्दुजमा रहेको सिया मस्जिदमा भएको अर्को आतङ्कवादी हमलामा १०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए। उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको सईद अबाद मस्जिदमा स्थानीय बासिन्दाहरू शुक्रबारको प्रार्थनाका लागि उपस्थित हुँदा घातक विस्फोट भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ