arrow

सीजीका सामानहरूको खरिदमा छुटदेखि  निःशुल्क रिसोर्ट प्याकेजसम्मका उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
CG-Bishnu-gyawali.jpg

काठमाडौं। चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी ब्रान्डले दसैँ तिहारको अवसरमा विभिन्न सामान खरिद गर्दा आकर्षक उपहार एवं भारी छुटको 'अफर' ल्याएको छ । नेपाली उपभोक्ताहरूको लोकप्रिय ब्रान्ड बन्न सफल सीजीले यस पटकको तिहारमा इलेकट्रोनिक सामानहरू खरिद गर्दा उपभाेक्ताहरूले पाउने आकर्षक अफरहरू ल्याएको हो। 

सीजी ब्रान्डका सेल्स डेपुटी जनरल म्यानेजर (डीजीएम) विष्णु प्रसाद ज्ञवालीले कम्पनीले विभिन्न इलेकट्रोनिक सामाग्रीहरूमा अफरहरू ल्याएको बताएका छन् । कम्पनीले 'यो उत्सवमा घरलाई बनाऔँ सीजी स्मार्ट होम' नाराका साथ विभिन्न किसिमका आकर्षक छुटहरू ल्याएको हो ।

देशभर निःशुल्क सेवा

नेपाली बजारमा विभिन्न देशबाट भित्र्याइएका इलेक्ट्रोनिक सामग्रीहरू प्रयोग गर्दा जडान गर्न, मर्मत गर्न परेमा, बिग्रेमा सेवा पाउन निकै असहज हुने गरेको देखिन्छ ।

तर, नेपालकै सीजी ब्रान्डका सामानहरू प्रयोग गर्दा सीजीले देश भरी नै निःशुल्क रूपमा सेवा दिने गरेको समेत डीजीएम ज्ञवालीले बताए ।

'काठमाडौं उपत्यकालगायत गरी देशभर नै सीजीका १ सय ४० वटा सर्भिस सेन्टर छन्, पूर्वदेखि पश्चिम हरेक जिल्लाका उपभोक्ताहरूले निःशुल्क रूपमा सेवा लिन सक्छन्,' डीजीएम ज्ञवालीले भने ।

सीजी ब्रान्डका प्रडक्टहरू प्रयोग गर्दा जडान गर्न, मर्मत गर्न, वारेन्टी एवं अन्य सेवाहरू लिन सहज हुने हुँदा उपभोक्ताहरूको रोजाइमा पर्न सफल भएको उनको बुझाइ छ । 'सीजी ब्रान्डका प्रडक्टहरूको गुणस्तर र सुलभ मूल्य उपभोक्ताहरूको अर्को आकर्षकको विषय हो,' उनले भने ।

यसबाहेक सीजी ब्रान्डले अब, अङ्ग्रेजी नयाँ वर्षसम्म उच्च गुणस्तरीय प्रडक्टहरू सुलभ मूल्यमा उपलब्ध हुने किसिमले बजारमा ल्याइरहेको डीजीएम ज्ञवालीले बताएका छन् ।

अहिले सीजी ब्रान्डका सामान खरिद गरेपछि 'सीजीएसएच, नाम, ठेगाना र बिल नम्बर' लेखेर ३१००१ मा म्यासेज पठाएपछि 'डबल डोर रेफ्रिजेरेटर' र 'क्यास ब्याक' (पैसा फिर्ता) पाउन सकिनेछ । यसका साथै ३ जोडीले चितवनको मेघौली सेराई रिसोर्टमा ३ दिन २ रात निःशुल्क बिताउन पाउने छन् ।

यसबाहेक तिहारको अन्तिमसम्म सीजीका इलेकट्रोनिक सामानहरू खरिद गर्दा ३५ प्रतिशतसम्म क्यास ब्याक र अन्य आकर्षक उपहारहरू पाउन सकिने कम्पनीका डीजीएम ज्ञवालीले बताए ।

के के छन् सीजीका प्रडक्टमा अफर ?

सीजीले एलईडी टिभीका ८ वटा मोडेल र एन्ड्रोइड टिभीका ७ वटा मोडेलमा ३ वर्षको वारेन्टी एवं १७ देखि १९ प्रतिशतसम्म क्यास ब्याक अर्थात् पैसा फिर्ता पाउने अफर ल्याएको छ । 

यस्तै अडियो सिस्टमका ५ मोडेल र ट्रली स्पिकरका ६ मोडेलमा १२ महिनाको वारेन्टी एवं १४ देखि १७ प्रतिशतसम्म क्यास ब्याक पाउने अफर ल्याएको छ ।

यस्तै, मल्टी डोर रेफ्रिजेरेटर । डबल डोर रेफ्रिजेरेटरका ११ मोडेलमा कम्प्रेसरका लागि १० वर्षको वारेन्टी र १६ देखि १८ प्रतिशत क्यास ब्याक अफर ल्याएको छ ।

सिङ्गल डोर रेफ्रिजेरेटरका १७ वटा मोडेलमा कम्प्रेसरका लागि १० वर्षको वारेन्टी एवं १२ देखि २२ प्रतिशतसम्म क्यास ब्याकको अफर रहेको छ ।

यस्तै वाइडेस्ट रेन्ज एयर कुलरका २१ वटा मोडेलमा १२ महिनाको वारेन्टी एवं १३ देखि १५ प्रतिशतसम्म क्यास ब्याकको अफर ल्याएको छ ।

यस्तै कम्पनीले सो केसका ९ वटा मोडेलमा कम्प्रेसरमा ६० महिनाको वारेन्टी र १५ प्रतिशत क्यास ब्याकको अफर ल्याएको छ ।

चेस्ट फ्रिजरका २९ वटा मोडेलमा कम्प्रेसरका लागि ६० महिनाको वारेन्टी र १५ प्रतिशत क्यास ब्याकको अफर रहेको छ ।

सीजी ब्रान्डको स्टिम वास डिसवासरका ३ वटा मोडेलमा मोटरका लागि ३६ महिनाको वारेन्टी, फ्रि डिसवासर टेबलेट र ठुलो डिसवासर डिटरजेन्ट मिल्नेछ ।

यस्तै कम्पनीले माइक्रोवेभ ओभनका ६ वटा मोडेलमा १४ प्रतिशतसम्म क्यास ब्याक र २८०० रुपैयाँ पर्ने कुकिङ किट निःशुल्क दिने भएको छ ।

यस्तै स्पिलिट टाइप एयरकन्डिस्नर १२ वटा मोडेल र फ्लोर स्टेन्डिङ एयरकन्डिस्नरका ३ वटा मोडेलमा १९ प्रतिशत क्यास ब्याक, ४ जार रुपैयाँसम्म खर्च लाग्ने जडान निःशुल्क, कम्प्रेसरमा ६० महिनाको वारेन्टी दिने भएको छ ।

यस्तै सिलिङ क्यासेट एयरकन्डिस्नरका २ वटा मोडेलमा पनि १९ प्रतिशत क्यास ब्याक, ४ जार रुपैयाँसम्म खर्च लाग्ने जडान निःशुल्क, कम्प्रेसरमा ६० महिनाको वारेन्टी दिने भएको छ ।

यस्तै नाइट सिरिज वासीङ मेसिनका १० वटा मोडेलमा १५ प्रतिशत क्यास ब्याक र मोटरमा १० वर्षको वारेन्टी दिने भएको छ ।

यस्तै सीजीको टप लोडीङ वासीङ मेसिनका ३ वटा मोडेल र ट्विन टब वासीङ मेसिनका २ वटा मोडेलमा १६ प्रतिशतसम्म क्यास ब्याक र १२ महिनाको वारेन्टी दिने अफर रहेको छ ।

सीजीको भ्याक्युम क्लिनरका ६ वटा मोडेलमा १६ प्रतिशतसम्म क्यास ब्याकको अफर रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ