arrow

प्रधानन्यायाधीशमाथि महाअभियोगको सम्भावना छैन : प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
pm-deuba-baluwatar-meet-2078.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशमाथि महाअभियोगको सम्भावना नरहेको प्रस्ट पारेका छन्। न्यायालयको विषयमा धेरै बोल्नु आवश्यक नभएको भन्दै प्रतिक्रिया दिँदै आइरहेका प्रधानमन्त्री देउवाले बिहीबार प्रधानन्यायाधीशमाथि महाअभियोगको सम्भावना नरहेको भनेका हुन्।

प्रधानमन्त्री देउवाले बेलायत भ्रमणमा जानुअघि आज आफू निकटका नेताहरूसँग बालुवाटारमा भेट गरी यस्तो आशय दिएका हुन्। उनी शुक्रवार बेलायत जाँदै छन्।

‘प्रधानमन्त्री महाअभियोगका पक्षमा हुनुहुन्न, न्यायालयको समस्या न्यायालय आफैँ समाधान गर्छ भन्ने उहाँको लाइन हो,’ प्रधानमन्त्रीसँगको भेटपछि एक काँग्रेस नेताले भने।

प्रधानन्यायाधीश राणाले गत बुधवार आफ्ना विरुद्ध उत्रिएका न्यायाधीशहरूसँगको भेटमा आफू संवैधानिक प्रक्रियाबाट सर्वोच्चको नेतृत्वमा आएको भन्दै न्यायाधीशहरूलाई संवैधानिक प्रक्रियाबाटै आफू हट्न सक्ने नभए बाहिरका हल्लाका भरमा राजीनामा नदिने जवाफ दिएका थिए। उनको सो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा महाअभियोगको विषय चर्चामा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ