arrow

‘तातो खाना’अभियानका अगुवा प्रदिपले सडक पेटीमा बस्नेहरुलाई लगाइदिए दशैंको टीका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २९ शुक्रबार
pradeep-amulya.jpg

काठमाडौं । युवा समाजसेवी प्रदिप घिमिरे‘अमूल्य’ले काठमाडौंका सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी गरीबहरूलाई बिजया दशमीको दिन रातो टिका, जमरा, दक्षिणासँगै भोजन सेवा गराएका छन् ।

२० महिनादेखी अनवरत रुपमा असाहय, अशक्त, अपाङ्ग, बृद्ध बृद्धा, अनाथ बालबालिकाहरुलाई खाना खुवाउँदै आएका प्रदिपले यसपाली २०७८ सालको बडादशैंमा आफू घर नगइ सडकपेटीमा रात कटाउनेहरुलाई टीका लगाइदिएका हुन् ।

दशैंको अवसरमा उनले सडक पेटीमा बस्नेहरुको खाली निधारमा रातो टीका, जमरा र रातो खाममा दक्षिणा अनि मटर पनिर खाना र माक्स प्रदान गरेका हुन् । कोरोना महामारीका बेला ‘तातो खाना’ अभियान चलाएका प्रदीले यसपालीको बडादशैंमा रातो टीका अभियान चलाएका हुन् ।

२०७७ सालको पुष माघको कठ्याङ्ग्रिदो जाडोको समयमा न्यानो लता कपडा विरतण गरेका उनले लकडाउनको समयभरी तातो खाना अभियान चलाएको जानकारी दिए । प्रदिप भन्छन्, ‘कोरोना महामारीको १९ महिनामाको अवधीमा संभवत १ लाख ५० हजार छाक खाना खुवाएँ होला तर ठ्याक्कै तथ्याङ्क छैन् । तर पनि दैनिक सय सयौ जनालाई सेवा प्रदान गर्दै आइरहेको छु ।’

सबै नेपालीहरु आ–आफ्नो घरमा धुमधामसंग दशै मनाइरहँदा प्रदिप भने खाना पकाएर सडकका गल्ली गल्लीमा पुगेर टीका लगाइदिएका हुन् । प्रदिप भन्छन्, ‘मैले गरेको जुन समाज सेवा छ, यसको प्रेरणाको श्रोत मेरो अन्तर्मन नै हो । जुन दृष्य लकडाउन पछि मैले दिन दिनै देखेँ, त्यसपछि एक दुई दिन त मलाई निन्द्रा नै परेन । अनि आफ्नै अन्तर्मनबाट अठोट गरेँ कि अब म यो पीडामा परेका व्यक्तिहरुलाई आफूले सकेको मलम लगाउने कोसिस गर्छु । अनी उनीहरुको पीडालाई आफ्नै पीडा सम्झी मनन गरेपछि यो प्रेरणा मलाई मिलेको हो ।’

‘परोपकार पूण्यायः’ भन्ने यो वेदको मर्म तब साकार भयो, जब ती आँशुमा जीवन व्यतित गरिरहेका तमाम असहाय वर्गले दुई छाक खाना खान पाएपछि कलेटी परेका ओठमा मुस्कान ल्याएँ । म असाध्यै खुसी छु, र हृदयदेखी विशेष आभार व्यक्त गर्दछु । म त केवल साधन मात्रै हुँ । साध्य बनेर मैले सञ्चालन गरिरहेको परोपकारी अभियानलाई अन्तर्हृदयदेखि साथ, सहयोग, हौसला, प्रेरणा र आर्शिवाद प्रदान गर्नुहुने स्वदेश तथा विदेश्मा आसिन तमाम सहयोगी मनहरुप्रति नतमस्तक छु’, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ