arrow

शनिवार दिनभर पोखरामा विद्युत् सेवा अवरुद्ध हुने

logo
हरी पन्त,
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
pokhara-valley-city.jpg
फाइल तस्बिर

पोखरा। पोखरासहित कास्कीका विभिन्न स्थानमा शनिवार विद्युत् सेवा अवरुद्ध हुने भएको छ। बिहान १० बजेदेखि ११ बजेसम्म कास्की जिल्लाभर एक घण्टा विद्युत् सेवा अवरुद्ध हुन लागेको बताइन्छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण शाखाका अनुसार नयाँ मोदी १३२ केभी प्रसरण लाइन आयोजनाले मोदी पोखरा १३२ केभी प्रसारण लाइन सट डाउन माग गरेकाले शनिवार बिहानैदेखि विद्युत् अवरुद्ध हुन लागेको हो।

यस अन्तर्गत अन्नपूर्ण गाउँपालिकाका बिरोठाटी, लामदुवाली, दाङसिङ, मोहरिया, घान्द्रुक लगायतका क्षेत्रहरूमा शनिवार बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो।

पोखरा १३२ केभी सवस्टेशन लेखनाथ वेको ब्रेकर मर्मत सम्भार कार्यका लागि एक घण्टा सेवा अवरुद्ध हुने जनाइएको छ।

पोखरा वितरण केन्द्र अन्तर्गत हेम्जा सवस्टेशन र पोखरा ग्रिड सवस्टेशनबाट सप्लाइ हुने सम्पूर्ण फिडर बिहान १० बजेदेखि ११ बजेसम्म कास्की भर विद्युत् सेवा अवरुद्ध हुने भएको हो। तोकेको समय अगावै कार्य सम्पन्न भएमा नियमित विद्युत् आपूर्ति गरिने केन्द्रले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ