- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। तिहारको पूर्व सन्ध्यामा भृकुटीमण्डपमा भइरहेको शिखर सुजको सेल मेलामा दाजुभाइलाई उपहार दिन जुत्ता चप्पल किन्नेहरूको भिड बढ्दै गएको छ। नेपालको एक नम्बर जुत्ता उत्पादक ब्राण्ड शिखरले तिहारलाई लक्षित गरी मेलामा विभिन्न नयाँ मोडलका जुत्ता चप्पल उपलब्ध गराइरहेको छ। शिखर सुजले सुरु गरेको विन्टर सेल मेलामा भारी छुटमा जुत्ता चप्पल पाएपछि उपभोक्ता ओइरिएका छन्।
‘मेलामा २ हजार रुपैयाँमै हाम्रो ४ जना दाजुभाइका लागि जुत्ता चप्पल किनेको भक्तपुरबाट मेला हेर्न आएकी सीता सापकोटाले बताइन्। तिहारको मुखमै लागेको मेलामा भारी छुटमा जुत्ता चप्पल पाइने सुनेपछि भृकुटीमण्डपमा आएको उनले बताइन्। कोरोनाको डरले कतै हिँडेको थिइन, उनले भनिन्, अहिले मेला लागेको बेला शिखरका सस्तोमा जुत्ता चप्पल किन्न पाइयो।
कोरोना महामारीले लामो समयदेखि मेला महोत्सव ठप्प थियो। भृकुटीमण्डपमा झण्डै दुई वर्षपछि मेला आयोजना गरिएको हो। मेलामा जत्ति छिटो गयो, उति राम्रो जुत्ता चप्पल किन्न पाइने मेला आयोजक राजु उप्रेतीले बताए।
मेलामा कोरोना सङ्क्रमण रोक्न स्वास्थ्य सुरक्षाका सबै विधि अपनाइएको छ। मेला प्रवेश गर्नेहरूका लागि गेटमै स्यानिटाइजर र मास्कको व्यवस्था गरिएको छ। ग्राहकले दुरी कायम गरेर जुत्ता चप्पल छान्न सक्ने व्यवस्था मिलाइएको छ। ‘शिखरको एकल सेला मेला जुत्ता चप्पल किन्नेहरूका लागि निकै सस्तोमा लिने मौका हुनेछ, मेला आयोजक शिखर पियु इन्डस्ट्रिजका सञ्चालक राजु उप्रेतीले भने, अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले वर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन्।
मेलामा २ हजार रुपैयाँमा सम्पूर्ण परिवारका लागि जुत्ता चप्पल उपलब्ध हुनेछन्। मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन्। नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ता चप्पलसमेत राखिएका छन्। शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ।