arrow

सीजीले भित्र्यायो स्मार्ट केन्ट वाटर प्युरिफायरः शतप्रतिशत शुद्ध पानी, फिल्टर फोहर भए अलार्म बज्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
CG-KENT.jpg

काठमाडौँ। नेपाली उपभोक्ता माझ गुणस्तरीय र सुलभ मूल्यका उत्पादनहरू पस्कँदै आएको सीजी ब्रान्डले पछिल्लो समय केन्ट उत्पादनको स्मार्ट वाटर प्युरिफायर ल्याएको छ।

केन्ट उत्पादनका वाटर प्युरिफायर (पानी शुद्धीकरण मेसिन), एयर प्युरिफायर, स्मार्ट घरेलु उपकरणलगायतका प्रडक्टहरू बजारमा उपलब्ध छन्।

यी मध्ये घरेलु प्रयोगका लागि केन्टको वाटर प्युरिफायर उपभोक्ताहरूले निकै रुचाएको सीजी ब्रान्डका सिनियर म्यानेजर रोशन कुमार सिंहले बताए।

आरओ, युभी, यूएफ र टीडीएस नियन्त्रित पानी बहु शुद्धीकरण प्रविधि यसमा रहेको छ । पानी खेर नजाने १ वर्षको वारेन्टीलगायतका अन्य सुविधाहरू केन्ट वाटर प्युरिफायरमा उपलब्ध छन्।

'सीजी ब्रान्डले उपभोक्ताको आवश्यकता अनुसार विभिन्न ३२ वटा मोडेलमा वाटर प्युरिफायर बजारमा ल्याएको छ, जसलाई जुन डिजाइन, जुन फिचरको मन पर्छ त्यो प्रयोग गर्न सक्छन्,' ​म्यानेजर सिंहले भने। 

कस्तो छ केन्ट वाटर प्युरिफायर ?

सीजीले विगत ६ वर्षदेखि केन्टको वाटर प्युरिफायर उपलब्ध गराउँदै आएको छ । प्रत्येक महिना सीजीले औसतमा १५ सय वटा वाटर प्युरिफायर बिक्री गर्दै आएको म्यानेजर सिंहले बताए।

सीजीले देशभरिका सबै आउटलेटहरुबाट केन्टका प्रडक्टहरू उपलब्ध गराउँदै आएको छ । देशका मुख्य सहरहरूमा सीजीको वितरक रहेको र त्यहाँबाट हरेक ठाउँमा प्रडक्टहरू पुग्ने गर्छन्।

पानीबाट सर्ने रोगहरू बढ्दै गइरहेका बेला केन्ट वाटर प्युरिफायरले त्यसलाई ध्यानमा राख्दै अत्याधुनिक प्रविधियुक्त स्मार्ट केन्ट वाटर प्युरिफायर ल्याएको उनले बताए।

ग्रामीण क्षेत्रमा मात्रै नभएर काठमाडौँ उपत्यकालगायत देशभरिका सहरी क्षेत्रमा समेत शुद्ध खानेपानी नपाउँदा पानीजन्य रोगहरू बढ्दै गएका छन् । केन्टको वाटर प्युरिफायरमा कीटनाशक प्रविधि मात्रै नभएर पानीमा हुने खनिजको मात्रालाई स्वास्थ्यका लागि आवश्यक पर्ने किसिमले सन्तुलित बनाउने उनले बताए।

अल्कालाइन पानी

आजभोलि धेरै मानिसहरूले स्वास्थ्य जँचाउँदै एसिडको मात्रा बढी हुने गरेको हामीले देख्छौँ, हामीले उपभोग गर्ने पानी, खानपिनका कारण एसिडको मात्रा शरीरमा बढी हुन जान्छ, त्यसलाई घटाउन एवं सन्तुलित राख्न अल्कालाइन पानीको प्रयोग गर्नुपर्छ।

‘केन्ट प्युरिफायरमा रहेको प्रविधिले पानीको एसिडिटीलाई घटाउँछ र अल्कालाइन पानी उपलब्ध गराउँछ यसले हाम्रो शरीरको एसिडिटी सन्तुलित पार्न मद्दत पुर्‍याउँछ’, सिनियर म्यानेजर सिंहले भने।

बेलाबेलामा सर्भिसिङ

गाडी, बाइकलाई झैँ वाटरप्युरि फायरलाई पनि समय समयमा सफा गरिरहनु पर्ने सिंहको भनाइ छ । ‘३र३ महिनामा वाटर प्युरिफायरको सर्भिसिङ गर्ने पर्ने हुन्छ, नत्र फिल्टरमा लोड बढी हुन्छ र हामीले प्रयोग गर्ने पानीको शुद्धता घट्न सक्छ,’ उनले भने। 

मेसिनमा लोड बढी हुँदा बिग्रिने सम्भावना हुने समेत उनले बताए । यस कारणमा प्युरिफायरको फिल्टरमा हुने जालीमा जमेको फोहर तीनदेखि चार महिनामा सफा गरिराख्नुपर्छ।

सीजीले देशभरिकै सभिर्स सेन्टरबाट निःशुल्क रूपमा तीन तीन महिनामा वाटर प्युरिफायरको सर्भिसिङ उपलब्ध गराउने गरेको छ। 

बजारमा पाइने अन्य ब्रान्ड या कुनै अर्को देशबाट भित्र्याइएका प्रडक्टहरू प्रयोग गर्दा ती प्रडक्टहरूको सर्भिसिङ गर्न नपाउने अवस्था हुन्छ।

फिल्टर प्रतिवर्तन

सर्भिसिङसँगै वाटर प्युरिफायरमा हुने फिल्टरभित्रका केही सामानहरू १ वर्ष पुगेपछि फेर्नुपर्ने म्यानेजर सिंहले बताए । ननबब्राण्डेड प्युरिफयरमा यो कुरा सम्भव नहुने उनको भनाइ छ।

‘तर, केन्ट वाटर प्युरिफायरमा यसका लागि कम्प्युटराइज्ड सिस्टम रहेको छ’ उनले भने, ‘त्यसले कति साइकल पार भयो, कति समयसम्म फिल्टर फेर्ने लगायतको सबै जानकारीहरू राख्छ।

यसका लागि प्युरिफायर गरेको एक वर्ष पुगेपछि फिल्टर फेर्नका लागि प्युरिफयरमा अलार्म बज्छ, त्यो अलार्म बजेपछि सीजीको सर्भिस सेन्टरमा अथवा खरिद गरेको वितरककोमा सम्पर्क गर्नुपर्छ।

लापरबाही गरेर फिल्टर फेर्न नखोजेमा तीन दिनसम्म अलार्म बज्छ र तीन दिनपछि सिस्टम बन्द हुन्छ । प्युरिफायर नचल्ने भइसकेपछि मान्छेले लापरबाही त्याग्छ र सम्पर्क गर्छ।

यसरी सीजीले उपभोक्ताका लागि स्वास्थ्यमा कुनै सम्झौता नगर्ने किसिमले यस्तो प्रविधिको केन्ट वाटर प्युरिफायर ल्याएको बताएको छ।

सीजीले उपभोक्ताका लागि यस किसिमको सेवाहरू ल्याइरहेकै कारण अहिले केन्ट प्युरिफायरले बजारको नेतृत्वको गरेको उनले बताए। 

डिजाइन

केन्ट वाटर प्युरिफायरका विभिन्न किसिमका डिजाइनहरू बजारमा उपलब्ध छन्। फिल्टर खुला देखिने, नदेखिने एवं फिल्टर लुकाएर राखिएकोजस्ता विभिन्न मोडेलमा प्युरिफायर उपलब्ध छ। यसबाहेक ८ लिटरको पानी ट्याङ्की रहेका कारण फिल्टर गरेर ट्याङ्की भरिसकेपछि अर्कै ठाउँमा लगेर प्रयोग समेत गर्न सकिन्छ।

यति मात्रै हैन, भित्तामा वा अन्य कुनै ठाउँमा वाटर प्युरिफायर राख्न नचाहने उपभोक्ताले किचन वा अन्य कुनै ठाउँमुनि राखेर समेत प्रयोग गर्न सकिने किसिमको डिजाइन रहेको छ।

मूल्य

अहिले केन्टका वाटर प्युरिफायरको औसत मोडेलेको मूल्य ३२ हजारको हाराहारीमा रहेको छ। यसमा कम्तीमा १० प्रतिशत छुट मिल्ने गरेको छ।

यसबाहेक अहिले तिहारको अफरमा केन्ट वाटर प्युरिफायरको खरिदमा तरकारी काट्न मिल्ने बहु उपयोगी चपर निःशुल्क उपलब्ध हुन्छ।

यसबाहेक सीजीले केन्ट उत्पादनका एयर प्युरिफायर, भ्याक्युम क्लिनर, कीटाणु नाशक एवं विभिन्न किसिमका स्मार्ट किचेन उपकरणहरू उपलब्ध छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ