arrow

‘प्रधानन्यायाधीश जबरामाथि प्रश्न उठेकाले मार्गप्रशस्त गर्दा नै राम्रो’

'बारको आन्दोलन कथित हो, बार-बेञ्च समन्वय समिति ‘सेटिङ समिति हो’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
bar-banchfinal.jpg

काठमाडौं । नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरु विश्वस्त रहेको सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दैनले भने,‘हामीले भद्र कार्यक्रम गरिरहेका छौं । हामीले अदालत बहिष्कार गरेका छैनौं । इजलास हामीले बहिष्कार गरेका छैनौं । अदलातमा मुद्दा सुनुवाई गर्न स्थगित गर्न भनेका छैनौं । अहिलेको अवस्थामा प्रधानन्यायाधीशको सहज बहिर्गमन नै सही विकल्प हो । पद परित्याग गर्नेहरुको नाम भोलि सुनौलो अक्षरले लेख्न सकिन्छ । तपाईँमाथि प्रश्न उठ्यो, अहिले मार्गप्रशस्त गर्नुहोस । सम्माननीय प्रधानन्यायधीको प्रतिष्ठा र स्वतन्त्र न्यायापालिकाको रक्षाको लागि पनि मार्गप्रशस्त गरिए उहाँको नाम सुनौलो अक्षरले ईतिहास लेखिनेछ। उहाँले मार्गप्रशस्त गरे सबैको हित हुन्छ ।’

उनले बारले हिजो नै भोलिदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाए । उनले अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरुले मार्गप्रशस्त गर्नुहोस भनेको स्मरण गराए । उनले आफूहरुले न्यायालयको स्वतन्त्रता, निश्पक्षता, पारदर्शीता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको बताए ।

उनले भने,‘हामीले त न्यायाधीश नियुक्त हुन योग्यहरुको नाम सर्वाजनिक गर्नुहोस भन्यौं । प्रारम्भदेखि यी विषय उठाएका छौं । न्यायालयको गरिमाको लागि हामीले सुरुदेखि नै आवाज उठाएका छौं । राजनीतिक दलहरुको हस्तक्षेपविरुद्ध यी आवाज हामीले उठाएका छौं । दलहरुबाट न्यायापािलिकाका प्रमुखलाई प्रयोग गर्ने, भाग दिने, न्यायाधीशहरुलाई पदक दिने काम भयो । चरम उत्कर्षमा पुगिसकेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले खेलेको भूमिका, न्यायाधीशहरुलाई वितरण गरेको पदक, यी सबै गतिविधिले स्वतन्त्र न्यायापालिकाको गरिमा भंग हुनछ ।’

उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिँदैमा अहिलेको सबै समस्याको समाधान नहुने पनि बताए । उनले भने,‘के प्रधानन्यायाधीशले राजीनामा दिँदैमा सबै समाधान हुन्छ त ? हुँदैन् । हामी कुनैपनि न्यायाधीशको पक्षमा छैनौं । अहिले प्रश्न उठेकोले यसमा सबैभन्दा जिम्मेवार व्यक्ति भनेको नै न्यायालयको प्रमुख नै हो । त्यही भएर हामीले उहाँको स-सम्मान बहिर्गमनको कुरा उठाएका छौं । उहाँले पद परित्याग गर्दा न्यायापालिकाको गरिमामा वृद्धि हुन्छ । प्रधानन्यायाधीश जबराको बहिर्गमनको विषयमा नेपाल बारमा कुनै विवाद छैन् ।’
उनले न्यायाधीश नियुक्तीको सन्दर्भमा पनि आफूहरुले डे-वान देखि कुरा उठाएको सुनाए ।

उनले भने,‘विगतमा हामीले निकालेका विज्ञप्ती हेर्नुहोस ।’ उनले बार-बेन्च समन्वय समिति कानूनसम्मत गठन भएको पनि दाबी गरे । उनले भने,‘यो समितिका कामकारबाहीबारे कहीँकतै कमिकमजोरी भए सच्याउनुपर्छ । यी विषय उठे हामी बारमा छलफल गर्छौं ।’

कार्यक्रममा अधिवक्ता स्वागत नेपालले नेपाल बार एशोसिएशनले अघि सारेको आन्दोलनमाथि प्रश्न उठाएका छन् । उनले नेपाल बार एशोसिएशन हुँदाहुँदैपनि बार-बेञ्च समन्वय समिति गठन गरिएको भन्दै यसलाई सेटिङ समितिको संज्ञा दिए । 

उनले भने,‘स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानको तर्फबाट हामीले आजभन्दा तीन वर्ष अगाडि न्यायालयभित्रको आमूल सुधारको लागि दीर्घकालिन प्रस्ताव अघि सारेका थियौं । संसद् सचिवालयमा ०७७ साउन १७ गते नै यो प्रस्ताव दर्ता गराएका थियौं । सबै दलका संसदीय दलका कार्यालयमा पनि ध्यानाकार्षण गराएका थियौं ।’

हामी स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानको तर्फबाट आन्दोलनको कार्यक्रम घोषणा  गरेका छौं । हामीले न्यायापालिकाभित्रको विकृति, विसंगति छ भन्दै यी विकृति र विसंगतिको विरुद्धमा आवाज उठाउँदै आएका छौं । अहिलेको अवस्थामा कम्तिमा बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नु भनेको मानवताविरुद्धको अपराध हो । न्यायालय भनेको सरकारको पनि अभिभावक हो, आम नागरिकको त हुँदै हो । न्यायाधीशहरुले जनताबाट उठेका करबाट तलब भक्ता खाएका छन् । बन्द प्रत्यक्षीकरणको समेत मुद्दा नहेरी कुनै पनि देशका न्यायाधीशहरुले तलब भक्त नलिएको हामीलाई थाहा छैन् । बन्दीहरुको र थुनुवाको मुद्दा नहेर्ने यो गलत भयो ।’

उनले आफूहरुले भोलिदेखि नै सर्वोच्च बार र बार परिसरभित्र बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नेहरुको विरुद्धमा कालोपट्टी बाँधेर प्रदर्शन गर्ने बताएका छन् । उनले भने,‘त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरुको लागि कार्तिक १५ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छौं, कार्तिक १६ गते न्यायाधीशहरुविरुद्ध अपहेलनाको मुद्दा अघि बढाउँछौं । त्यस्तै, १८ गते सार्वजनिक रुपमा सडक आन्दोलन गर्ने घोषणा गरेका छौं ।’

उनले नेपाल बार एशोसिएशनलाई कम्पनी र प्रालीको रुपमा अघि बढाउन खोजिएको टिप्पणी गरे । उनले भने,‘नेपाल बार एशोसिएशनको आन्दोलन कथित हो । बन्दीको मुद्दा हेर्न हुँदैन भन्नेहरुको आन्दोलन हो । किनकी उनीहरुलाई सेटिङ र पार्टीबाट आउने पैसाले बुकेको छ। बार एशोसिएशनभित्रै बेन्च–बार समन्वय समिति छ, गोप्य रुपमा यो समिति किन राखियो ? रुद्र पोखरेलले पनि यसमा अस्ति ऋषिजीको प्राइम टिभीको कार्यक्रममा कुरा उठाउनुभएको छ, बेन्च-बार समन्वय समिति छ, यो सेटिङ समिति हो । बारको आन्दोलनको कुनै औचित्य छैन् ।’

उनले जिल्लाको न्यायाधीश बरु प्रधानन्यायाधीश हुन सक्ने व्यवस्था होस भन्ने धारणा राखे । उनले भने,‘बरिष्ठ अधिवक्ता हुन नपाएको कारण, न्यायाधीश हुन नपाएको कारण आन्दोलन गर्ने हो त ? हामीले जनताका माग उठाएका छौं । बन्दी प्रत्यक्षीकरण र थुनुवाईको मुद्दा नहेर्ने वकिलको भेषमा दलाल हो । नेपाल बारको तर्फबाट संघर्षका कार्यक्रम राखिएको छ । हामी बार र बारको नेतृत्वको विरुद्धमा अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ