arrow

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि खारेज गर्न नेविसंघको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
nebisangh-flag.jpg

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोध गरेको छ ।

नेविसंघका अध्यक्ष राजिब ढुंगानाले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्दा ढुवानी खर्च पनि बढ्ने र उपभोग्य सामाग्रीको समेत मूल्यबृद्धि हुने भन्दै निर्णय खारेज गर्न माग गरेका हुन् ।

अध्यक्ष ढुंगानाले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धी तत्काल खारेज गरी आयल निगम भित्रको बेथिति, अनियमितता र भ्रष्टाचारको छानविन गर्न समेत माग गरेका छन् ।

साथै नेविसंघले आयल निगमसॅग बिभिन्न नाममा संचित कोषहरुको सदुपयोग गरी जनतालाई राहत दिने काममा लाग्न माग गरेको छ ।

निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ