कोरोना अपडेट : ४ सय ८ संक्रमित थपिए, ५ सय १८ निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
1.5k
Shares
काठमाडौँ। पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म नेपालमा पीसीआर विधिबाट ८ लाख १२ हजार ५ सय ७० जनामा र एन्टीजेन विधिबाट ९४ हजार ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसै समयावधिमा ५ सय १८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९१ हजार ७ सय ८७ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९९ जनाको नमुना परीक्षण गरिएको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या ९ हजार ३ सय ७६ रहेको छ।