arrow

चुनावमा केही स्थानमा मात्रै गठबन्धनबीच तालमेल : सहमहामन्त्री महत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
prakash-sharan-mahat1623315745.jpg

काठमाडौँ। आगामी निर्वाचनमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने कि नहुने भन्ने विषयमा बहस हुँदै आइरहेका बेला नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाश सरण महतले भने गठबन्धन रहेका दलहरूबीच देशभर तालमेल नहुने बताएका छन्। आइतबार गौशालामा आयोजित एक कार्यक्रममा सहमहामन्त्री महतले केही स्थानमा मात्रै गठबन्धनमा रहेका दलहरूबीच चुनावी तालमेल हुन सक्ने बताए।

‘चुनावी तालमेलका विषयमा पार्टी भित्र एक मत छैन, फरक फरक धारणा आइरहेका छन्, देशैभर तालमेलको सम्भावना त नहोला, केही स्थानमा हुन सक्छ,’सह महामन्त्री महतले भने।

आइतबार नै गृहमन्त्रीसमेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देही पुगेर आगामी निर्वाचनसम्म सत्तारुढ दलबिच गठबन्धन जारी रहने बताएका थिए।

केही दिनअघि काँग्रेस युवा नेता गगन थापालेसमेत आगामी निर्वाचनमा काँग्रेस एक्लै चुनाव लड्ने बताएका थिए। उनले धादिङ र चितवन पुगेर काँग्रेसले आफ्नै निर्वाचन चिन्हमा मत हाल्ने बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ