arrow

पहाडे समुदायले किन छोड्न थाले जनकपुरधाम ?

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
janakpurdham.jpeg

जनकपुर । प्रदेश नम्बर दुईको राजधानी जनकपुरधामबाट पहाडे समुदायहरू पलायन हुन थालेका छन् । जनकपुरधाम राजधानी भएसँगै यहाँको जग्गाको मूल्य आकासिएको छ ।

अहिले जनकपुरमा जग्गाको मूल्य मुख्य सडक वा चोकमा ४० लाख देखि १ करोडसम्मको धुर भएको छ । त्यही कारण जनकपुरमा स्थायी रूपमा रहँदै आएका पहाडे समुदायहरू जनकपुरको जग्गा बेचेर जनकपुरबाट पलायन हुन थालेका हुन् । 

अहिले जनकपुरधामको जग्गा ६ फिटे गल्लीमै पनि धुरको ७ देखि १० लाख सम्मको धुर छ । त्यस्ता ठाउँमा घर भएका पहाडे समुदाय जनकपुरको जग्गा बिक्री गर्दा काठमाडौँ छेउछाउ, विराटनगर वा अन्य क्षेत्रमा राम्रै ठाउँमा घर किन्न सकिने अनि केही रकम पनि बचत हुने भन्दै जाने गरेको देखिएको छ।

जनकपुरधामका जग्गाको मूल्य आकर्षक नभएसम्म जनकपुरधाममै बस्छु भन्ने ती महानुभावहरू अहिले समुदाय नभएको कारण बताइरहेका छन् । आखिर पलायनको कारण के हो त्यसबारेमा सरोकारवाला निकायले स्पष्टीकरण दिनुपर्ने सुझाव स्थानीय किशान कुमारको रहेको छ।

उनीले पहाडे समुदायको पलायन रोक्नुपर्नेमा जोड दिएका छन् । बरु त्यसको लागि आवश्यक छलफल हुनुपर्नेमा आफूहरूको जोड रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ