arrow

तनहूँमा सवारी दुर्घटना, १८ वर्षका रोशन गुरुङको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
accident-final_1618120153.jpg

पोखरा । तनहूँमा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा १८ वर्षीय रोशन गुरुङ रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

आइतबार साँझ ६ बजे तनहुँको गल्वुवेशीमा गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

ब्यास नगरपालिका वडा नं. १ गल्वुवेशीमास्थित भित्रि सडकमा को१ध ४० नम्वरको नेपाल विद्युत प्राधिकरणको गाडी र ग२१प ४९३६ नम्वरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको र सो दुर्घटनामा गुरुङको मृत्यु भएको तनहुँ प्रहरी प्रवक्ता एवं डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

डिएसपी तिमिल्सिनाका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार व्यास १० दुम्सीचौरका १८ वर्षका रोशन घर्ती घाइते छन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइन्छ । 

दुर्घटना पश्चात् मोटरसाइकल, गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ