arrow

न्यायालयमा देखिएको कचिङ्गलको समाधानका लागि आवश्यक परे कांग्रेस अघि सर्छ : सिटौंला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
कषतबगिब.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिका कचिङ्गलको क्षेत्र बन्दै गएको भन्दै न्यायपालिकामा देखिएको कचिङ्गल र झगडाको समाधानका लागि आवश्यक परे कांग्रेस नै अघि सर्ने बताएका छन्।

कांग्रेस तारकेश्वर नगरसमितिले काठमाडौंको मनमैजुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले न्यायालयमा प्रवेश गरेको कचिङ्गल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने चिन्ता बढाएको बताए। सो क्रममा उनले कांग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान दिन सक्ने बताएका हुन्।

‘न्यायपालिकामा प्रवेश गरेको कचिङ्गल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि नै प्रहार गर्ने चिन्ता बढेको छ, देश हाँक्ने कांग्रेसले नै हो, पद्धति ल्याएको पनि हामीले नै हो, देशमा जुनसुकै समस्यामा समाधान दिने हामी नै हो, परिआए न्यायालयको समस्याको समाधानमा कांग्रेस अघि सर्छ, समग्र विषयमा कांग्रेसले समाधान दिन सक्छ,’ सिटौलाले भने।

सिटौलाले संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको तर विगतमा कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा जनताले केही उपलब्धि नपाएको भन्दै संविधानले के दियो भन्ने प्रश्न जनताबाट उठ्न थालेकोसमेत बताए।

उनले वर्तमान सरकारले संविधानले दिएका विषय अङ्गाल्न नसक्दा सरकार परिवर्तन भएको भन्दै अहिलेको सरकारको काम परिवर्तनलाई परिमार्जन गरेर जनतामुखी बनाउनेतर्फ केन्द्रित हुनु पर्ने बताए।

पार्टी महाधिवेशनको मुखमा रहेको भन्दै सिटौलाले पार्टी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरे।

‘हामी महाधिवेशनको क्रममा छौँ, पार्टी भित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक प्रयोग गर्नुस्, कसैसँग दब्नु पर्दैन, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस, त्यसो हुँदा पार्टी बलियो हुन्छ,’ सिटौलाले सम्बोधनका क्रममा भने।

कार्यक्रममा पूर्व रक्षामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा कांग्रेस कमजोर बनेको भन्दै आगामी महाधिवेशनपछि सो प्रवृत्तिको अन्त्य गरिनु पर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ