arrow

दोस्रो ठूलो चाड तिहार शुरु, यस्तो छ समय तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
bhaitika-phool.jpg

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार (वा यमपञ्चक वा भाइटीका वा दिपावली) शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने जनाएको छ । योसँगै तिहार शुरु भएकोछ । 

सोमबार एकादशी परेको र मंगलबार द्धादशीसँगै बेलुकी त्रयोदशी पनि लागेसँगै सोही दिन यमपञ्चक गर्नुपर्ने समितिको ठहर छ । 

बुधबार बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ः१५ देखि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुर तिहार पनि बुधबार नै परेको छ । 

यसपालि यमदीपदान अघिल्लो दिन भएर काग तिहार र कुकुर तिहार भने अर्को दिन अर्थात् बुधबार परेको छ । धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि मंगलबारै परेको छ । 

बिहीबार बिहान नरक स्नान साँझ लक्ष्मीपूजा हुनेछ । 

शुक्रबार गाई, गोरु र आत्म (म्ह) पूजा हुनेछ । 

शनिबार कार्तिक १९ गते भाइटीका हुनेछ । 

उत्तम साइत बिहान ११ः०२ मा रहेको समितिले जनाएको छ । 

भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ