arrow

भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
bhai-tika-tihar.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भाइटीकाको विभिन्न देशको समय अनुसार फरक फरक समय तालिका निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको मंगलबार विहान बसेको बैठकले विभिन्न देशको समय अनुसार उत्तम साइत सार्वजनिक गरेको हो ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिब आचार्य सन्तोष वाशिष्टले एक विज्ञप्ति जारी गरी उत्तम सार्वजनिक गरेका हुन् ।

विभिन्न देशमा बसोबास गर्ने सनातनधर्मावलम्वीहरुबाट भाइटीकाको साइतबारे जिज्ञासा राखेकाले समय तालिका सार्वजनिक गरेका हुन् ।

जस अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि निर्धारण गरेको साइतलाई अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति पनि सोही अनुसार कायम गरेको छ । यस वर्षको भाइटीकाको साइत नेपालमा ११ बजेर २ मिनेटमा रहेको दुवै समितिले जनाएका छन् ।

कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,(किजापूजा)को उत्तम साइत रहेको विकास समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ