arrow

प्रधानन्यायाधीश जबराले विवेकसम्मत निर्णय गर्नुपर्छ: शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विवेकसम्मत निर्णय गर्नुपर्ने नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । डा कोइरालाले न्यायपालिकामा देखिएको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्ने बताएका हुन् ।

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा उनले न्यायपालिकामा भएका विषयमा बोल्नै हुँदैन भन्ने सोच लोकतान्त्रिक हुन नसक्ने बताए । 

“न्यायाधीशको निर्णयलाई मान्नुपर्छ तर यसको अर्थ न्यायपालिकामा भएका विकृतिका विषयमा बोल्न पाइन्न भन्ने होइन, सबै निकाय जबाफदेही र उत्तरदायी हुनुपर्छ, समाजलाई पनि जबाफदेही र उत्तरदायी बनाउन नसकेसम्म राजनीति गर्नेले भाषण गरेर मात्र केही हुन्न”, उनले भने ।

 नेता कोइरालाले देश भद्रगोल अवस्थामा पुगेकाले सबै निकाय जिम्मेवार भएर काम गर्नुपर्ने उल्लेख गर्दै आफूले नगर्ने अरूलाई मात्र भन्ने प्रवृत्तिले कुनै उपलब्धि नहुने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ