arrow

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
esewa-monery-transfer-aldar.jpg

काठमाडौँ। पछिल्ला दिनमा आक्रामक ढङ्गले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले कतारको खातीप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ। यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरूले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरूमा गई इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिने कम्पनीले जनाएको छ।

अबदेखि कतारमा रहेका नेपालीहरूले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसँग आबद्ध नेपालका जुनसुकै बैङ्क खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिनेछ। यसै गरी, अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिने छ।

साथै, अलदार एक्सचेन्जको (अल दार कामदार एप) बाट पनि चाडै इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। उक्त सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सिइओ, अजेस कोइरालाले भने, ‘इसेवामनी ट्रान्सफर र अलदार एक्सचेन्जबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ।”

अलदा एक्सचेन्ज कतारको अग्रणी रेमिट्यान्स भुक्तानी कम्पनी हो। यसले कतार मुद्रा विनिमय व्यापार उद्योगमा शीर्ष स्थान ओगटेको छ। यो सन् २००६ यता कतारी रेमिट्यान्स् बजारको एक अभिन्न हिस्सा ओगटेर बसेको कम्पनी रहेको छ। अलदार एक्सचेन्ज संसारका आफ्ना स्थानका अब्बल ८५ बैङ्कहरू सँग रेमिट्यान्सको कारोबार गर्दै आएको छ भने यसले संसारभर इसेवामनी ट्रान्सफर जस्तै हजारौँ रेमिट कम्पनीसँग आबद्ध रहँदै संसार भरिका मानिसलाई सहज र सुचारु ढङ्गमा रेमिट्यान्स् सेवा प्रवाह गर्दै आइ रहेको छ।

इसेवामनि ट्रान्सफरले परम्परागत तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरूको र ६५ भन्दा बढी बैङ्क खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवामनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसङ्ख्या र एक लाख बढी संस्थाहरूलाई फिन टेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो।



नयाँ