arrow

पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
kmc-camp-kaver-panauti.jpg

काभ्रे । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मंगलबार काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पनौती–१ स्थित जनमैत्री बचत तथा ऋण सहकारी संस्था र कुशादेवी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ हजार ३ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका २६१ बिरामीको रक्त परीक्षण गरिएको छ । २२१ विरामीको भिडियो एक्सरे गर्नुका साथै १७८ बिरामीको मुटुको जाँच (ईसीजी) गरिएको छ ।

शिविरमा उपचार सम्भव नभएका ७८ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ । विपन्न बिरामीलाई लक्षित गरी केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

पूर्वी नेपालमा प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तिब्रता दिएको हो ।

केएमसीका अनुसार यो शिविर तिहार अघिको अन्तिम हो । अब तिहारपछि पुनः निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ