- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
फुङ्लिङ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । बुधवार फुङ्लिङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सह महामन्त्री महतले काँग्रेसको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन् ।
काँग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दावी गर्दै सह महामन्त्री डा महतले भने, “पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।”
उनले कार्यकर्ताहरूलाई निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गरे । उनले भने, “पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारी सँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।”
उनले आगामी निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याउने दबी गरे । आगामी निर्वाचनमा नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी थियो ।