arrow

टाटा मोटर्सको बजार हिस्सा १३.७ प्रतिशत, पीभी बिक्रीमा रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
tata-cars-pv-ev-sipradi.jpg

काठमाडौँ। टाटा मोटर्सले नेपाली बजारमा ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरेको छ। टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३,९२६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नया उपलब्धि हासिल गरेको छ। कम्पनीको गत वर्षको यसै अवधिमा २३,६०० युनिट्सको तुलनामा इयर अन इयर (वाइओवाइ) ४४ प्रतिशतले वृद्धि भएको हो। यस्तै सेप्टेम्बर २०२१ को तुलनामा २५,७२७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि गरेको कम्पनीले जनाएको छ।

टाटाले २०२० को यही अवधिमा सबैभन्दा धेरै ७.४ प्रतिशत बजार हिस्सेदारी हासिल गरेको थियो। अहिले त्यसमा ६.४ प्रतिशतको वृद्धि सहित अघिल्लो महिना १३.७ प्रतिशत बजार हिस्सेदारी कायम गरेको छ।

भारतीय अटोमोटिभ उद्योगमा आएको समस्याका बावजुद पनि टाटाले आजको दिनमा लगातार ३ अंकको बिक्री–वृद्धि दर्ज गरिरहनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

अघिल्लो महिना सबै कार निर्माताहरूको बीच ६.४ प्रतिशतको बजार हिस्सेदारी वृद्धि गर्दै मारुती, सुजुकी र हुन्डाईपछि समग्र बिक्री तालिकामा टाटा तेस्रो स्थानमा रहेको छ। कम्पनीले महिन्द्रा, किआ, टोयोटा, रेनाल्ट र होन्डालाई उछिनेको छ। टाटा र दोस्रो स्थानमा रहेको हुन्डाईको अन्तर पनि कम अर्थात् जम्मा ३,०९५ युनिट्सको मात्रै पुगेको छ।

टाटाले केही हप्तापहिले बजेट–मैत्री पन्च माइक्रो एसयुभी ल्याएको छ र यसले मासिक बिक्री–चार्टमा लामो समयसम्म दोस्रो स्थानमा रहेको हुन्डाईसँगको बिक्री अन्तरलाई घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

पन्च कम्पनीको एसयुभी पोर्टफोलियोमा नेक्सन कम्प्याक्ट एसयुभीको मुनि छ। अनि, प्रतिस्पर्धीका रूपमा पनि बेस भेरियन्ट (एक्स–शोरुम) का लागि भारतीय बजारमा यसको मोल ५.४९ भारतीय रुपैयाँ आउँछ।

अहिले सुरक्षा रेटिङमा फाइभ–स्टार ग्लोबल एनक्याप प्राप्त सबैभन्दा किफायती कार हो–पन्च। यो १.२ लिटर थ्री–सिलिन्डर रेभोट्रोन इन्जिनद्वारा सञ्चालित छ, जसले ८६ पीएस म्याक्सिमम पावर र ११३ एनएम पीक टर्क दिन्छ। साथै यसमा स्ट्यान्डर्डका रूपमा फाइभ स्पीड म्यानुअल ट्रान्समिसन र विकल्पका रूपमा फाइभ स्पीड एमटी पनि छ।

अल्ट्रोज, नेक्सन र टियागोले पनि आजका दिनमा ब्रान्डका लागि लगातार बिक्री बढाउँदै नयाँ रेकर्ड कायम गर्दै छ। यस वर्षको सुरुआतमा टाटाले थ्री–रो सफारी लन्च गर्‍यो, जसमा डार्क एडिसनका कारण लाइनअपमा चमक थपिएको पनि छ।

नेक्सन–ईभी आज भारतमा सबैभन्दा अधिक बिक्री हुने त्यस्तो प्यासेन्जर–कार हो, जसले शून्य उत्सर्जन गर्छ। र, अपडेटेड टिगोर ईभीले हालसालै जिप्ट्रोन प्रविधिलाई आत्मसाथ गरेको छ। यस्तै नयाँ–नयाँ रेकर्ड र सुविधाका कारण टाटाले आफ्नो लोकप्रियतालाई अझै बढाइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ