arrow

बेको ब्राण्ड नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
beko-brand-cg.jpg

काठमाडौँ। नेपाली इलेकट्रोनिक्स बजार व्यवसाय क्षेत्रमा लामो समय देखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्सले विश्व चर्चित इलेकट्रोनिक्स ब्राण्ड बेको नेपाली बजारमा भित्र्याएको छ। सिजी इलेकट्रोनिक्से बेको कम्पनीसँग सहकार्य गरी नेपाली बजारको लागि आधिकारिक बिक्रेता भएसँगै नेपाली बजारमा बेको ब्रान्डका उत्पादनहरू बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ।

सिजी इलेकट्रोनिक्स अनुसार नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुसरण गर्दै कम्पनीले बेको ब्राण्डका नयाँ उत्पादनहरूको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ। यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथसाथै नेपाली इलेकट्रोनिक्स क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनी विश्वस्त छ।

सिजी अनुसार, नेपाली बजारमा बेको ब्रान्ड्का वशिङ मेसिनहरू वितरण भइसकेको छ र त्यसको राम्रो बिक्री भइरहेको र सकारात्मक प्रतिक्रिया आइरहेको जनाएको छ। र कम्पनीले बेको ब्रान्ड्को अर्को उत्पादन डिसवशर पनि बजारमा पठाउन तयारी अवस्थामा छ। साथै कम्पनीले बेको ब्रान्डका अरू थुप्रै उत्पादनहरू पनि छिटै नै बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

सन् १९५५मा स्थापना भएको बेको कम्पनी युरोप लगायत संसारमै बढी रुचाएको इलेकट्रोनिक्स ब्रान्ड हो। पछिल्लो दुई दशक भन्दा बढी समय देखि ग्राहकको सुविधा र स्वस्थ जीवनलाई ध्यानमा राखी आफ्नो हरेक उत्पादनमा नवीनता र अत्याधुनिकता पस्किरहेको छ।

प्रयोगमा सहजता र व्यवहारिक प्रविधिका उत्पादनहरूले गर्दा बेकोले आफ्नो बाहुल्यता कायम गर्दै अघि बढिरहेको छ। बेको कम्पनीको उपस्थिति १३० भन्दा बढी राष्ट्रहरूमा छ भने यसको फ्याक्ट्री २२ राष्ट्रहरूमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ