arrow

काम गर्न खोजेको एमाले सरकारलाई घेराबन्दीमा पारेर बाहिर फालियो : ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
gyawali2.jpg

भक्तपुर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एमाले सरकारलाई जबरजस्ती काम गर्न नदिई घेराबन्दीमा पारेर बाहिर फालिएको बताएका छन् । भक्तपुरको एक कार्यक्रममा सचिव ज्ञवालीले यस्तो बताएका हुन् । 

उनले भने, “अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेका थिए तर काम गर्न खोजेको सरकारलाई जबरजस्ती रूपमा काम गर्न दिइएन, घेराबन्दीमा पारियो र सरकारबाट बाहिर फालियो, जनताले यसलाई राम्रोसँग बुझेका छन् ।” तत्कालीन केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा विकास निर्माणदेखि राष्ट्रियता जोगाउने काम गरेको उनको भनाइ थियो । 

सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहँदा बढ्दै गएको दाबी गरे । ज्ञवालीले भने, “यतिखेर एमाले प्रतिपक्षमा छ, गतिशील छ भन्ने आत्मविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ, यो आम जनताको विश्वासले हो ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ