- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालका दुई जिल्लामा संक्रमित शून्य रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हुम्ला र मुगु जिल्लामा संक्रमित सङ्ख्या शून्य रहेको छ ।
त्यस्तै बुधवार कोरोना संक्रमणबाट सात जनाको निधन भएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार ४३४ को निधन भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ४४७ मा संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले नौ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ मा संक्रमित थपिएका जानकारी दिए ।
मङ्गलवार ४६९ मा संक्रमण देखिएका थिए । देशभर सक्रिय संक्रमित नौ हजार १२३ रहेका छन् । नेपालमा संक्रमण दर १८.३ प्रतिशत पुगेको छ । उनका अनुसार ५०० भन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी संक्रमित भएका जिल्ला नौ रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । योसँगै अहिलेसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार २७१ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।
बुधवार ९७ हजार ७० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बुधवार लगाएकासँगै अहिलेसम्म ८७ लाख १९ हजार ९९५ ले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ ले पूर्ण मात्राको खोप लगाएका छन् ।