arrow

भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याकसँगै विभिन्न अफर  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
mega-bank-tihar-2021.jpg

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको जनाएको हो । 

‘इ–तिहार क्याम्पियन’ भाइटीकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटीकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको मेगा बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

यसैगरी ‘मेगा मार्ट क्याम्पियन’ लक्ष्मी पूजाको दिनदेखि भाइटीकाको दिनसम्मका लागि ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । 

बैंकले भनेको छ, ‘मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुबै अफरबाट अधिकतम लाभ लिन सक्नेछन् ।’

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ