arrow

भाइ मसलाको व्यापार : आकर्षक प्याकिङ, मनपरी मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
tihar-vaimasala.jpg

काठमाडौं। तिहारले गाउँदेखि शहरसम्म नै ढपक्कै ढाकेको छ। तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा भाइ मसला दिने प्रचलन छ।

तिहारको यो माहोलमा अहिले भाइमसलाको व्यापार ह्वात्तै बढेको छ। फुटपाथ, साना किराना पसलदेखि ठूला नामचलेका स्टोर तथा सुपरमार्केटसम्ममा भाइ मसलाको चाङ देखिन्छ।

फुटपाथमा सस्तोमा एक सय रुपैयाँ देखि माथि पाँचदेखि सात सयसम्म मूल्य पर्ने भाइ मसलाका प्याकेटहरु पाइन्छ। यस्तै किराना पसलहरुमा पनि एक सयदेखि माथिका भाइ मसलाका प्याकेटहरु सामान्यदेखि आकर्षक प्याकिङगरेर राखिएको पाइन्छ।

यसैगरी ठुला स्टोहरु बिगमार्ट, सेल्सबेरी, भाटभटेनी लगायतका स्टोर तथा सुपरमार्केटहरुमा पनि भाइमसलाका प्याकेटहरु आ-आफ्नै डिजाइनमा प्याकेट बनाएर राखिएका छन्। ति मसलाका प्याकेटहरु प्लाष्टिक प्याकिङदेखि आकर्षक हस्तकलाका सामग्रीसम्ममा प्याकिङ गरेर राखिएका पाइन्छन। यस्ता ठुला स्टोर तथा महलहरुमा राखिएका भाइ मसलाको प्याकिङको मूल्य तीन सयदेखि माथि आठ दश हजारसम्म पर्छ।

ग्राहकले आफूलाई मनपर्ने र चाहना अनुसारको भाइमसलाको प्याकेट ति स्टोर तथा महलहरुमा गएर किन्न सक्छन्। ति प्याकेटहरुमा काजु, किसमिस, बदाम, ओखर, पेस्ता, छोकडा, मखना, खुपार्नी, नरिवल, मिस्री, ल्वाङ, सुकमेल, दालचिनी, सुपारी, चकलेट तथा मिठाइहरु राखिएको पाइन्छ।

पछिल्लो समय अनलाईनबाटै पनि भाइमसला किन्ने ग्राहकहरुको संख्या बढ्दो छ। अनलाइनमा खोज्ने हो भने पनि पाँच सय देखि माथि आफूलाई आवश्यक पर्ने मुल्यका मसलाका प्याकेटहरु पाइन्छन्। कसैकसैले आफूले चाहेअनुसारको खुल्ला सामग्रीहरु किनेर घरमा लगेर पनि प्याकिङ गर्ने गरेका छन्। आफूखुसी प्याकिङगर्दा भने भनेजती र चाहेजती सामग्री राख्न सकिन्छ।

तिहारमा प्रयोग हुने ओखर, बदाम स्वदेशमा उत्पादन भए पनि अन्य मसला विदेशबाट आयात हुने गरेको छ। दैनिक उपभोग्य वस्तुमा विदेशीको भर पर्ने नेपाली चाडबाडमा पनि विदेशकै भर पर्नुपरेको छ।

नेपालमा चीन, भारत, अमेरिका, भियतनाम, यूएई, कतार, थाइल्यान्ड लगायतका करिब एक दर्जन मुलुकबाट भाइ मसलामा प्रयोग हुने ती सामग्री आउने गरेका छन्। भन्सार विभागको तथ्यांकअनुसार करिब एक अर्ब रुपैयाँका तिहारसहितका चाडबाडमा प्रयोग हुने मसला आयात भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ