arrow

१८३ जनामा संक्रमण, दुई संक्रमितको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
corona-nepal-map.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड-१९ का संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षणमा नौ जना गरी जम्मा १८३ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै कोरोना संक्रमितको कूल सङ्ख्या नौ लाख चार हजार ८०४ पुगेको छ ।

थप ६५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका हुन् । कारोना निको भएको दर ९७ दशमलव छ प्रतिशत रहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या आठ हजार ४१३ रहेका छन् । जसमध्ये सात हजार ७६३ होम आइसोलेशनमा रहेका छन् भने ६५० संस्थागत आइसोलेशनमा रहेका छन् । 

कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत छन् ।



नयाँ