arrow

प्रधानमन्त्री देउवाले यसरी दिए तिहारको शुभकामना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
pm-deuba-dhangadhi-visit-kartik-05-2078.jpg
तस्वीर–फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तिहारको शुभकामना दिएका छन् । शनिबार बिहान शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायूको कामना गरेका हुन् । 

सन्देशमा, ‘आपसमा रमाउँदै देउसी भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने उज्यालो पर्वको रुपमासमेत हेरिने यस पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुकाबीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमासमेत महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास गर्दछु ।’

प्रधानमन्त्री देउवाले यो पर्वले मुलुकमा शान्ति, अमन चयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्धत पुगोस् भन्ने कामनासमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ