arrow

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
suman-pokharel-smart.jpg

काठमाडौं । नेपालको पहिलो एटीएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । सञ्चालक समितिको बैठकबाट पोखरेल सर्वसम्मत रुपमा चयन भएका हुन् ।

गत कार्तिक १७ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बैंकिङ्ग क्षेत्रमा भुक्तानी सम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालकको इजाजतपत्र प्राप्त कम्पनी हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरु यसका प्रवर्द्वक रहेको यस कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत प्रवाह भइरहेको छ ।

कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ्ग कार्डको अलावा डिजिटल पेमेन्ट प्लेटर्फम, स्मार्ट क्युआर, डिजिटल बैंकिङ र पेमेन्ट गेटवेको सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा अध्यक्ष पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको विद्युतीय भुक्तानीलाई प्रवर्धन गर्दै जाने नीति अनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैं अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ