arrow

सत्ता गठवन्धनको तयारी 

उच्च स्तरीय संयन्त्र बनाउने : आलोपालो नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
Gathabandhan_meeting_9_Saun.jpg

काठमाडौँ। पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकार सञ्चालनसहित सरकारको काम काजलाई सहज बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी गरेको छ।

हाल सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा गरी पाँच दलले सत्ता सहयात्रालाई सहज बनाउने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी गरेका हुन्।

सो संयन्त्रको मोडालिटीका विषयमा अहिले दलहरूबिच आन्तरिक छलफल भइरहेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए।

‘सत्ता गठबन्धन आबद्ध दलहरूबिच सहकार्य गर्ने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा हामी अघि बढेका छौँ, संयन्त्र बन्छ, आलोपालो नेतृत्व हुन्छ होला, छलफल हुँदै छ,’काँग्रेस नेता लेखकले हाम्रा कुरासँग भने।

सो विषयमा सोमबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएको थियो।

गठबन्धनको बैठक अहले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । सत्ता गठबन्धनलाई थप सशक्त र मजबुत बनाउने गरी संयन्त्र निर्माणको तयारी भइरहेको बताइएको छ। सो संयन्त्रमार्फत अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि रणनीति बनाउने तयारी गठबन्धनको छ।

यसै गरी सर्वोच्च अदालतमा देखिएको विवादका विषयमा पनि छलफल हुने बताइएको छ भने राजदूत नियुक्ति लगायतमा पनि सत्ता साझेदार दलहरूबिच सहकार्य गर्दै आगामी निर्वाचनसम्म नै सहकार्य गरेर जाने लक्ष्य गठबन्धनका नेताहरूले लिएका छन्।

गठबन्धन बैठकमा आगामी राष्ट्रिय सभाको उपनिर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन सहित स्थानीय तहको निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ