arrow

सरकारलाई सघाउन बन्यो उच्चस्तरीय राजनीतिक समन्वय समिति : आलोपालो नेतृत्व 

पहिलो संयोजक रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
Gathabandhan_meeting_9_Saun.jpg

काठमाडौं। पाँच दल आबद्ध सत्ता गठवन्धनले सरकारलाई सहयोग र संचालन गर्न भन्दै उच्च स्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ।

सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ आबद्ध पाँच दलीय गठवन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको हो।

समितिको नेतृत्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले प्रत्येक दुई दुई महिनामा आलोपालो गर्ने छन्।

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा भने सदस्य छैनन्। तर उनी समितिको बैठकमा सहभागी हुनेछन्। समितिमा सरकारका तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य तोकिएका छन्।

यसैगरी कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहने सहमती छ।

कांग्रेस र जनमोर्चा बाहेकबाट अन्य एक एक जना गरी तीन जना सदस्य तोकिने छन्। उनीहरुको नाम भने टुंगाउन बाँकी छ।

समितिका संयोजक तोकिएका कांग्रेस वरिष्ठ नेता पौडेलले राष्ट्रियता, लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउने गरी समन्वय समिति अघि बढ्ने बताए।

‘राष्ट्रियता, लोकतन्त्र र प्रजातन्त्रलाई हामी कमजोर हुन दिन्नौं, सरकारलाई सुदृढ ढंगबाट अघि बढाउँछौं, राष्ट्र र राष्ट्रियताका पक्षमा काम गर्छौ, यो समितिले आगामी निर्वाचनका लागि पनि काम गर्छ,’पौडेलले हाम्राकुरासँग भने।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि समेत समन्वय समितिले रणनीतिक योजना बनाएर अघि बढ्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ