arrow

पेशादारीका छुट्टै अस्पताल, पालो शिक्षकको 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
teacher.jpeg
तस्वीर– सांकेतिक ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको  उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ ।

यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । 

त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको  व्यवस्था गरिएको बताइएको छ  ।

यसअघि पेशादारीका रुपमा सरकारी कर्मचारीहरुका लागि सिभिल अस्पताल मिनभवनमा रहेको छ । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पनि आफ्नै अस्पताल रहेका छन् । 

संचारकर्मीहरुले पनि देशभरका पत्रकारका लागि छुट्टै अस्पतालको व्यवस्था गर्न माग गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ