arrow

करिब १७ हजार नमुना परीक्षण गर्दा ५ सय ३३ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ। पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख १५ हजार ३ सय ७२ जनामा पीसीआर र ९४ हजार ९ सय २६ जनामा एन्टीजेन विधिबाट कोभिड१९को संक्रमण पुष्टि भएको छ ।

यसै समयावधिमा ४ सय ८४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९६ हजार ३ सय ६ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  ११ हजार ४ सय ५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १६ हजार ७ सय ३६ जनाको नमुना परीक्षण गरिएको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ६ सय १२  रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ