arrow

‘महाधिवेशनमा टीमसहित लड्छु’ –कृष्णप्रसाद सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
krishna-prasad-sitoula.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आसन्न १४ औं महाधिवेशनमा टीमसहित लड्ने उद्घोष गरेका छन् । लौहपुरुष गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रमपछि संचारकर्मीसँगको कुराकानीमा नेता सिटौलाले सौहार्दरुपमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै आफूले टीमसहित प्रतिस्पर्धा गर्ने बताएका हुन् । 

१३ औं महाधिवेशनमा पनि नेतृत्वका प्रत्यासी सिटौला टीमसहित खडा भएका थिए । यसपालि नेतृत्वका आकांक्षी धेरै भइरहँदा सिटौलाले टीमसहित खडा हुने बताएका हुन् । उनले पटक पटक सरेको महाधिवेशनको मिति अब नसर्ने प्रतिक्रिया दिएका छन् । 

सिटौलाको यो उद्घोषले कांग्रेसभित्रको तीन धार अझै कायम रहेको स्पष्ट पारेको छ । शेरबहादुर देउवाको संस्थापन, सिटौला पक्ष र रामचन्द्र पौडेल पक्षबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । 

देउवा पक्षमा रहेका विमलेन्द्र निधी र गोपालमान श्रेष्ठले पनि सभापतिमा लड्ने घोषणा गरेका छन् । त्यस्तै पौडेल पक्षमा रहेका पौडेलसहित प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले पनि सभापतिमा लड्ने घोषणा गरेका छन् । 

वडा अधिवेशन शुरु हुने अघिल्लो दिन भने पौडेल पक्षका अध्यक्षका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गर्दैै उम्मेदवारी दिँदा सहमतिमा एकल उम्मेदवारी दिने प्रतिवद्धता जनाएका थिए । 

सभापतिका लागि कल्याण गुरुङ्गले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । 

नेता सिटौलाले सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिले सरकारको कामलाई राजनीतिक रुपमा सघाउने बताए । उनले आगामी राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलसँग सहकार्य गरिने पनि स्पष्ट पारे । 

प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा जित्ने आधार नदेखेपछि गठबन्धनको विरोध गरेको भन्दै त्यसको तुक नभएको पनि नेता सिटौलाले संचारकर्मीहरुलाई बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ