arrow

प्रधानमन्त्री देउवाको पूर्व राजालाई चुनौती : शासन गर्ने भए चुनाव लड्न आउनु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
deuwa.jpg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न आउन चुनौती दिएका छन्। गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले बुधबार शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको खिलाफमा नलाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई आग्रह गरे।

‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, पार्टीहरुको विकल्प पार्टी नै हो, प्रजातन्त्रलाई स्वीकार गरौं, एउटा पार्टी जान्छ अर्को पार्टी आउँछ, जनता नै देशको मालिक हुन्,’प्रधानमन्त्री देउवाले भने, गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने तर मलाई जेलमा थुनियो, त्यसकारण एकाएक जनता तातिए, अहिले पनि प्रजातन्त्रको खिलाफमा मान्छे लाग्न सक्छन, चुनाव लडे भइहाल्यो नि।’

प्रधानमन्त्री देउवाले नेपालको संविधान उत्कृष्ट भएको भन्दै समावेशी रुपमा सबैलाई संविधानले अधिकार दिएको बताए। ‘अहिलेको संविधान उत्कृष्ट संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरु आउन सक्छन्, हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ।’ उनले अघि भने।

संविधानको अन्तिम व्याख्या गर्ने काम अदालतको भएको भन्दै प्रधानमन्त्री देउवाले व्यक्तिले संविधानको व्याख्या गर्दा आफ्नो अनुकुल हुने बताए।

प्र्धानमन्त्री देउवाले शान्ति बिना विकास सम्भव नहुने भन्दै मुलुक अहिले शान्ति र स्थिरताको बाटोमा अघि बढेकोसमेत जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ