arrow

कोरोना अपडेट : ४१० संक्रमित थपिए, ४७४ निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
corona-covid-delta-plus.jpg

काठमाडौँ। पछिल्लो २४ घण्टामा ४ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख १५ हजार ७ सय ५९ जनामा पीसीआर र ९४ हजार ९ सय ७९ जनामा एन्टीजेन विधिबाट कोभिड१९को संक्रमण पुष्टि भएको छ ।

यसै समयावधिमा ४ सय ७४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९६ हजार ७ सय ८० जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  ११ हजार ४ सय ६० पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ८ सय १४ जनाको नमुना परीक्षण गरिएको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ५ सय १९ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ