arrow

राष्ट्रपतिद्वारा सूर्यलाई अर्घ्य दिएर कमलपोखरीमा छठ पूजा

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
rastrapati-chhat.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा बुधवार अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी छन् । 

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठ माईको समेत दर्शन गरिन् । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले बुधवार राष्ट्रपति भण्डारीबाट पूजा अर्चनाबाहेकका अन्य कार्यक्रम यस पटक नगरिएको जानकारी दिइन् ।

छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमित जसो नै कमलपोखरीको भ्रमण गरी पूजा अर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । 

अहिले यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रतालुको ठुलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ