arrow

काठमाडौँ र ललितपुरमा पाँच सय बढी संक्रमित, शून्य जिल्ला दुई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
corona-variant.jpg

काठमाडौँ । नेपालका दुई जिल्लामा ५०० भन्दा बढी संक्रमित  रहेका छन् ।  काठमाडौँ र ललितपुरमा ५०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। त्यस्तै २०० भन्दा बढी संक्रमित भएका जिल्ला नौ रहेका छन्। ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् । 

प्रवक्ता पौडेलले बुधवार संक्रमित शून्य रहेका जिल्ला दुई रहेको बताए । उनका अनुसार हुम्ला र मुगुमा संक्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४७४ जना सङ्क्रमण मुक्त लिई घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ७८० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७  प्रतिशत रहेको छ । 

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार कोरोना सङ्क्रमणबाट बुधवार छ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म सङ्क्रमणबाट ११ हजार ४६० को मृत्यु भएको छ । मङ्गलवार एक जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८१४ मा नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । बुधवार थपिएकासँगै देशभर सक्रिय संक्रमित सात हजार ५१९ रहेको उनले बताए । नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत पुगेको छ । 

होमआइसोलेसशन सात हजार पाँच, संस्थागत आइसोलेसनमा ५१४, सघन उपचार कक्ष (आइसियु)मा १८९ र भेन्टिलेटरमा ५३ जना छन् । यस्तै बुधवार १६ हजार ५२९ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बुधवार लगाएकासँगै हालसम्म ८७ लाख ५० हजार ९६० ले पहिलो मात्रा र ७४ लाख ८२ हजार १९५ ले पूर्ण मात्राको खोप लगाएका छन् । 



नयाँ